Section 26
बढुवाको लागि न्यूनतम योग्यता र सेवा अवधि
कर्मचारीले बढुवाको लागि उम्मेदवार हुन तोकिएबमोजिमको शैक्षिक योग्यता प्राप्त गरेको र बढुवा हुने तहभन्दा एक तह मुनिको पदमा रही कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्नेछ ।
तर,
(१) सम्वत् २०५४ साल जेष्ठ १४ गतेपछि तह मिलान हुँदा वरिष्ठ पाँचौं तह कायम गरिएको वा पाँचौ तहमा दश वर्ष सेवा गरेको कर्मचारीको पाँचौं तहको लागि निर्धारित शैक्षिक योग्यता नभए पनि बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।
(२) सम्वत् २०६९ साल चैत्र २९ पछि बढुवाको लागि उम्मेदवार हुन कम्तीमा एक वषए अति दुर्गम वा कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनु पर्नेछ ।
(३) लोक सेवा आयोगद्वारा निर्धारित प्रक्रिया पूरा गरी सातौं तहमा नियुक्रि भई सम्बत् २०६९ साल चैत्र २९ अघि आठौं तहमा स्तरवृद्धि भएको कर्मचारीले सो तहभन्दा कम्तीमा एक तह मुनिको तहमा कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको भए निजले दुर्गम क्षेत्रमा काम गरेको मानी नवौं तहको बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा कर्मचारीहरु बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छन्ः–
(क) पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएकोमा,
(ख) बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा कम्तीमा आठ वर्ष सेवा अवधि पूरा गरेको भएमा,
(ग) सेवाका कुनै तहको पदमा कम्तीमा दुई वर्ष काठमाडौं उपत्यका बाहिरका जिल्लामा सेवा गरेको र बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा पाँच वर्ष सवा गरेका भएमा ।